मेथीपानीको सेवनले हुन्छ सुगर कन्ट्रोल देखी मोटोपन घटाउनेसम्म

by समतल अनलाइन

एजेन्सी । हाम्रो शरीरमा हुने विभिन्न रोगको औषधि उपचार हामीले जानेका छौँ भने हाम्रै घरमा हुने गर्दछ । घरको भान्साकोठामा रहेका कतिपय वस्तुलको मोश्रण तयार गरेर सेवन गर्नाले हाम्रो शरीरको रोग निको हुन मद्धत पुर्याउछ ।

जसमध्ये मेथी पनि एक यस्तो खाद्य वस्तु हो, जसले शरीरमा लाग्ने विभिन्न किसिमका रोगबाट लड्ने क्षमता दिन्छ । सधैं बिहान मेथीको पानी पिउनाले शरीरमा विभिन्न किसिमका फाइदा पुग्ने गर्दछ । थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा :-

कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधि हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।
जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।
उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।
एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ ।
सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ । (एजेन्सीकाे सहयाेगमा )

 
 
  
 

You may also like