खाली पेटमा नखानुहोस् यी खानेकुरा

by समतल अनलाइन

एजेन्सी । खानपानको ध्यान राख्न जति जरुरी छ, त्यति नै यसको बारेमा जानकारी लिनु महत्वपूर्ण हुन्छ । कुन समय के खाने के नखाने । खासगरी बिहान खाली पेटमा विशेष ध्यान पुर्याउनुपर्छ । शरीरलाई फाइदा पुर्याउने चीजले पनि खाली पेटमा नोक्सान पुर्याउन सक्छ ।

खाली पेटमा के नखाने

केराः केरामा केलों में म्याग्नेशियम प्रशस्त हुने भएतापनि खाली पेटमा खाँदा यसले रगतमा खनिज को मात्रा बढाउन सक्छ जसले हृदयको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ ।

दहीः दहीमा राम्रो मात्रामा प्रोबायोटिक्स हुन्छ । तर यसलाई खाली पेटमा खाँदा दहीमा भएको हाइड्रोक्लोरिक एसिडले हेल्दी ब्याक्टेरीयाको खतम गरीदिन्छ ।

अमिलो फलः अत्यधिक मात्रामा साइट्रिक एसिड माइक्रस झिल्ली (मकस) को क्षति पुर्याउन सक्छ । कागतीको सेवन गर्न सकिन्छ किनकी यसले डेटोक्सिफिकेशनको काम गर्छ ।

कफी : खाली पेटमा कफीको सेवन गर्नु निकै घातक साबित हुन्छ । कफीमा क्याफिन हुन्छ जसका कारण खाली पेटमा नराम्रो असर पार्ने गर्छ । केही कुरा खाएसी मात्र कफी खाने गर्नुहोस् ।

मसालेदार खाना : कहिल्यै पनि खाली पेटमा मसालेदार खाना नखानुहोस् । यसमा प्राकृतिक एसिड हुने गर्छ जसले खाना पचाउन प्रक्रियालाई बिगार्ने गर्छ । यसका कारण पेटमा धेरै समस्या देखिने गर्छ ।

एल्कोहल : रक्सी त्यसै त स्वास्थका लागि हानिकारक हुन्छ । खाली पेटमा रक्सीको सेवन गर्नाले झन् स्वास्थ बिगार्ने काम गर्छ । यसले पेटमा झलन हुने समस्या देखाउँछ ।

मेडिसिन : प्राय डाक्टरहरु बिरामीहरुलाई खाली पेटमा औषधि नखान भन्छन् । किनभने औषधि खानाले एसिडको समस्या देखिन्छ । यसले शरिरमा असन्तुलन पैदा गर्छ ।

टमाटर : यसमा अधिक एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा अघुलनशिल जेल निर्माण गर्ने काम गर्छ । जसका कारण पेटमा स्टोन निर्माण हुन्छ । किनभने टमाटरमा भिटामिन ए, सी, के, फोलेट र पोटासियम पाइन्छ ।

सुगर : बिहान उठेपछि वा खाली पेटमा तपाई मिठो चीज खाना रुचाउँनु हुन्छ । यसले तपाईको शरिरमा डायबिटिज बढाउने काम गर्छ । त्यही कारणले गर्दा खाली पेटमा पानी पिएर केही खानु उपयुक्त हुन्छ ।

(एजेन्सीको सहयोगमा )

 
 
  
 

You may also like