काठमाडौं।अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि आएको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशको पश्चिमी भूभागमा आंशिक बदलि तथा मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक ०७ गते (बिहिबार)
दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।
राति: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।
कार्तिक ०८ गते (शुक्रबार)
दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
राति: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।
कार्तिक ०९ गते (शनिबार )
दिउँसो : देशभर आंसिक देखि सामान्य बदलि रही पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंसिक देखि सामान्य बदलि रही पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।
पहाडि भू-भागमा हल्का वर्षाको सम्भावना तथा बिहानीपख भिजिबिलिटी कम हुने सम्भावना रहेकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।