बुटवलमा १२ करोडको लगानीमा जनता ट्रेड सञ्चालन

by समतल अनलाइन

बुटवल । रुपन्देहीको बुटवलस्थित बेलवासमा जनता टे«ड एण्डकन्स्ट्रक्सन प्रालि सञ्चालन गरिएको छ । सरकारको समृद्व नेपाल सुखी नेपाली भन्न्े नारालाई सार्थकता तुल्लाउने प्रतिबद्वतासहित व्यवसायिक रुपमा प्रालि सञ्चालन गरिएको हो ।

विशेष गरेर घर निर्माणका सामाग्री र घरमा आवश्यक पर्ने सबै समानहरु एउटै छानामुनिबाट उपलब्ध गराउने गरी २३ जना युवाहरुले व्यवसायिक प्रालि सञ्चालन गरेका हुन् ।

अहिले १२ करोड लगानीमा सञ्चालन गरिएको प्रालिमा २५ करोड लगानी गर्ने योजना रहेको सञ्चालक टानबहादुर केसीले जानकारी गराएका छन् ।

युवाहरुलाई बिदेशमा होइन अब नेपालमा नै उद्यमी र व्यवसायी बनाउने उद्वेश्यका साथ बिभिन्न क्षेत्रमा रहेका युवाहरुको सक्रियतामा जनता टे«ड एण्डकन्स्ट्रक्सन प्रालि सञ्चालन गरिएको हो ।

करिव ३० जनालई प्रत्यक्ष रोजगार दिएको प्रालिको बुधबार बुटवलउपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । त्यस अवसरमा बोल्दै प्रमुख सुवेदीले देशलाई आर्थिक समवृद्व बनाउन युवाहरु स्रोजगारमा लाग्नु पर्ने बताए । उनले अब कूनैपनि युवाहरु खाली बस्न नहुने र कूनौ नै कूनै पेशा व्यवसायामा लाग्न आग्रह गर्दै व्यवसाय तथा साना ठूला उद्योगमा लाग्ने युवाहरुलाई सहयोग पुराउने बताए । युवाहरु उत्पादन र स्वरोजगार पेशामा लागमात्र देशको आर्थिक क्रान्ति हुने उल्लेख बुर्दै आवश्यक अनुसार बुटवलउपमहानगरपालिकाले युवाहरुलाई रोजगारका लागि सीप सिकाउने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, लुम्बिनी रेडियोका अध्यक्ष तथा इन्जिनियर दुर्जेन बस्नेत, रुपन्देही व्यपार संघका अध्यक्ष पदम श्रेष्ठ, होङशी शिव्म सिमेन्टका प्रतिनिधि चिनिया नागरिक वाङ योयपिङ, सञ्चालक गोपाल गैरे, लायन्स क्लव अफ बुटवल बेलवास सिटीका अध्यक्ष लक्ष्मण खड्का लगायतले बोल्दै उपभोक्ताको माग र चाहानालाई ख्याल गरेर सर्भशुलव दररेटमा गुणस्तरीय समान उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

उपभोक्ताको चाहानालाई बुझेर व्यवसाय गर्न सकिए मात्र व्यवसाय फस्टाउने देश बेरोजगार मुक्त बन्दै जाने उनीहरुले बताए । पश्चिम नेपालको पहिलो निर्माण सामाग्रीको एकीकृत विक्री केन्द्रको रुपमा स्थापित गर्ने गरी प्रालि सञ्चालन गरिएको जनता टे«ड सञ्चालक समितिका अध्यक्ष इन्जिनियर छबिन्द्र भट्टराईले बताएका छन् ।

बुटवल क्षेत्रमा धेरै व्यवसायिक प्रतिष्ठानहरु रहेको बताउंदै आफुहरुले फरक पहिचान दिने गरी कूनैपनि उपभोक्ता नठगिने र गुणस्तरीय सामाग्री उपलब्ध गराउने अध्यक्ष भट्टराईले प्रतिबद्वता जनाएका छन् । घर निर्माणको लागि आवश्यक पर्ने सामाग्रीसहित घरमा प्रयोग हुने सामाग्री र आवश्यक पर्ने क्षेत्रको लागि प्राविधिक उपलब्ध गराईने र दक्ष तथा अर्धदक्ष कामदारकोसमेत व्यवस्था र निशुल्क परामर्श सेवा दिइने सञ्चालकहरुले बताएका छन् ।

नियमति फिल्डमा भिजिटिङ गरिने र ग्राहकलाई १० लाखसम्मको विमाको व्यवस्था गरिएको र स्वदेश तथा विदेश भ्रमणको स्कीमहरुको व्यवस्था रहेको बताईएको छ । प्रालिका अध्यक्ष इन्जिनियर छबिन्द्र भट्टराईको अध्यक्षता र सञ्चालक राजु पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like