गुरमीत राम रहीमलाई ज्यान मार्ने धम्की

by समतल अनलाइन

काठमाडौं । साध्वीहरूलाई बलात्कार गरेको आरोपमा कारावास सजाय भोगिरहेका गुरमीत राम रहीमलाई कारागारमा ज्यान मार्ने धम्की आएको बताइएको छ ।

हरियाणा विधानसभा चुनावमा एक दलका नेताले राम रहीममाथि समर्थनका लागि दबाब दिएको आरोप छ । राम रहीमको डेरा सच्चा सौदाको अस्पतालको एक चिकित्सक मोहित गुप्ताले उच्च अदालतमा निवेदन दर्ता गरेर उक्त कुरा बताएका हुन् ।

सुनारिया कारागारमा डेरा प्रमुखलाई ज्यानको खतरा रहेको निवेदनमा उल्लेख छ । उनलाई अदालतमा पेश गरिनुपर्ने माग पनि राखिएको छ ।

कारागार प्रशासनले उनलाई कसैसँग पनि भेटघाट गर्न नदिएको र फोन गर्न पनि नदिएको आरोप छ । जेलमा राम रहीमलाई मानसिक तथा शारीरिक रूपमा यातना दिने गरिएको आरोप छ ।

जेलमा बसेको एक वर्षमा दर्जनौं अपराधीहरूले फोन गरेको अनि उक्त जेलमा खुँखार अपराधीलाई राख्न ल्याइएकोले राम रहीमलाई ज्यानको खतरा रहेको निवेदनमा उल्लेख गरिएको छ ।

मंगलवार निवेदकले निवेदनमा शीघ्र सुनुवाइ गर्न न्यायाधीशलाई अनुरोध गरेका छन् ।

 
 
  
 

You may also like