गुल्मीमा जिप दुर्घटना, एकको ज्यान गयो

by समतल अनलाइन

प्रेम सुनुवार
बुटवल । गएराती गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कालिगण्डकी गाउँपालिका वडा-३ , साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

बिकको ज्यान गएको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले अर्का एक जना सामान्य घाईते भएको जानकारी दिए । जिप चालकलाई नियन्त्रणमा लिईएको र घटनाको थप विवरण आउन बाँकी रहेको जनाईएको छ ।

 

 
 
  
 

You may also like