तिलोत्तमा प्रिमियर लिग : ज्ञानोदय फाइनलमा प्रवेश

by समतल अनलाइन

बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सबोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उपाधी माथि दावेदारी पेश गरेको छ ।
समुह बिजेता बन्दै सेमिफाइनल पुगेको ज्ञानोदयले बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा पाल्पालीलि जेन्टस्लाई ९ रनले पराजीत गर्दै ज्ञानोदयले उपाधी माथि दावेदारी पेश गरेको हो ।


टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्ष्यतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो । जवाफि ब्याटिङ्ग गरेको पाल्पाली लिजेन्टस् १९ दशमलव ४ ओभरमा १सय ३६ रनमा समेटिए पछि ज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो । ज्ञानोदयको जितका लगि शंकर रानाले ६२ रनको योगदान गरे भने शिद्धार्थ राजशाहीले ३६ रनको योगदान गरे ।
पाल्पाली लिजेन्टस्लाई लक्ष्यपुग्न रोक्न ज्ञानोदयक ादिवानपुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र शहानीले २३ रन खर्चेर २विकेट लिएभने सिद्धान्त राज शाहीले २ साथै प्रतिश जिसी र कमल ओलीले समान १÷१ विकेट लिएका थिए ।
प्रतियोगितामा ज्ञानोदय गोल्डस्का सिद्धान्त राजशाही मष्टभ्यालुएवल प्लेयर बने भने शंकर रानाले म्यानअफ द म्याचको उपाधी पाएका छन ।
ज्ञानोदयले उपाधी कब्जाका लागि आज हुने दोस्रो सेमिफाइनलको बिजेता संग भोली प्रतिष्पर्धा गर्नेछ ।
आजको दास्रो सेमिफाइनल खेलमा समुह ए को उपबिजेता बुटवल युनाइटेडले समुह बि को विजेता मणिग्राम किंगस्को सामना गर्दैछ ।

 
 
  
 

You may also like