‘बादशाह जुट’ को सुसाइड गीत (भिडियो)

by समतल अनलाइन

काठमाडौं । चलचित्र ‘बादशाह जुट’ मा समावेश ‘सुसाइड गीत’ बोलको गीत सार्वजनिक गरिएको छ । कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने फिल्मको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कोशिश क्षेत्री र रुपक डोटेलको स्वर सुन्न सकिन्छ भने कोशिश क्षेत्रीको संगीत रहेको छ । यस्तै निर्देशक जोनी सिंहले शब्द लेखेका छन् ।

फिल्म रिलिज मिति नजिकिँदै गर्दा चलचित्र टिमले प्रचारलाई पनि व्यस्त बनाएको छ । सोही प्रचारलाई फाइदा पुग्ने हेतुले फिल्ममा समावेश गीत सार्वजनिक गरिएको हो ।

अभिषेक शाषी कुमारको लेखन रहेको फिल्मलाई हर्कबहादुर कुवँर र भोजराज श्रेष्ठले निर्माण गरेका हुन् ।

जोनी सिंह रानाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा आमिर गौतम, सुशील श्रेष्ठ, रविन तामाङ, रश्मी पाण्डे, कमलमणि नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले यसअघि सार्वजनिक गरेको ट्रेलरले औसत प्रतिक्रिया पाएको छ ।

 

 

 
 
  
 

You may also like