चलचित्र पत्रकार रुपन्देहीले गर्यो राजेश हमाल र डिसीलाई स्वागत

by समतल अनलाइन

तिलोत्तमा। चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आएका महानायक राजेश हमाल र चलचित्र क्षेत्रका पत्रकार एबम निर्देशक दिनेश डिसीलाई बुटवलमा स्वागत गरेको छ।

शुक्रबार बुटवल आएका कलाकारहरुलाई चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले बिशेष कार्यक्रम गर्दै स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा बोल्दै महानायक हमालले चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एक सिक्क का दुई पाटा भएकोले चलचित्र क्षेत्रको जगेर्ना गर्न पत्रकारहरुले सकारात्मक कलम चलाउनुपर्ने बताएका थिए। हमालले युवाहरुको सक्रियतामा बुटवलमा स्थापना भएको क्लोथ बैंकको सबै प्रदेशमा सिको गर्नु पर्ने बताउदै चलचित्र क्षेत्र धरासायी हुन बाट जोगाउन पत्रकारहरुको ठुलो भूमिका रहने समेत बताए। सो अवसरमा बोल्दै चलचित्र क्षेत्रका पत्रकार एबम निर्देशक दिनेश डिसीले कलाकारिता र पत्रकारिताले देशको पर्यटन संगिउ संस्कृतिलाई समेत जोगाउने भएकाले समग्र चलचित्र क्षेत्रका सबैको जीवनयापन संग जोडिएको कलाकारिताको प्रगतिमा पत्रकारको योगदान हुनुपर्ने मा जोड दिएका थिए। कार्यक्रमको संचालन निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले गरेका थिए।

 
 
  
 

You may also like