सैनिक आवासीय महाबिद्यालय बुटबलमा बिभिन्न तहमा कर्मचारी तथा शिक्षकहरुको आवेदन खुल्ला

बुटवल । सैनिक आवासीय महाबिद्यालय बुटबलले बिभिन्न तहमा कर्मचारी तथा शिक्षकहरुको लागि आवेदन खुल्ला गरेको छ ।

बिद्यालयले बिभिन्न ११ पद को लागि आवेद खुल्ला गरेको छ जसमा जि टी स्वास्थ्य शारिरिक तथा सृजनात्मक कला ,जिटि अङग्रेजी, गणित शिक्षक,नृत्य शिक्षक,संगित शिक्षक, खेलकुद शिक्षक,खरिदार कम्युटर ल्याप,मोची,केशकर्तक,मेत्तर लगायतका पदमा आवेदनखुल्ला गरिएको बिद्यालयलले जनाएको छ ।

नेपाली नागरिकताको प्रतिलिपि सहित आवेदन अनुसारको शैक्षिक प्रमाण पत्र पेसी गरि आवदेन फारम भर्नको लागि बिद्यालयलले आग्रह गरेको छ । १८ वर्ष पुरा ४५ बर्ष ननाघेको व्यक्तिहरुको लागि निवेदन खुल्ला गरिएको बिद्यालयले जनाएको छ ।

रुपन्देहि जिल्ला शिक्षाको हफको रुपमा बिकास हुदै जादा सैनिक आवासिय महाबिद्यालयले शिक्षाको गुणस्तर बृद्धि गर्न गुणस्तीय शिक्षाको साथ केहि फरक र पृथक तरिकाले बिद्यालय सन्चालन गर्न लागेको बिद्यालयले जनाएको छ ।

 
 
  
 

You may also like