नेपालीले एकपटक हेर्नेपर्ने देशभक्त फिल्म‘काँडेतार’

प्रदर्शन अघि नै दर्शकको वाहवाही बटुलेको फिल्म ‘काँडेतार’ ले भोलि देखि आफ्नो शो देशभर गर्ने भएको छ। देशभक्ती चलचित्र ‘काँडेतार’ निर्माण टिमले दर्शकलाई फिल्म देखाएसंगै देशभरको सीमामा काँडेतार लगाउनुपर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकारसमेत रहनुभएका नवल खड्का र निर्माता समेत रहेकी अन्जु केसीले सञ्चालन गरेको अभियानमा देशभरका च्यारिटी र शोहरुमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । उहाँले ‘काँडेतार’को विशेष शो गर्दा देशभरका विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र थप संकलन गरिएको बताउनुभयो । संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने निर्माता समेत रहेकी अन्जु केसीले जानकारी गराउनुभयो ।नवल खड्काको अभिनय र निर्देशन रहेको यो चलचित्रमा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्का र निर्माता अन्जु केसीको पनि अभिनय रहेको छ । सामना फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गर्नुभएको हो।

मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गर्नुभएको हो । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई, नादिया खड्का र सनया खड्का हुनुहुन्छ ।

 
 
  
 

You may also like