चितुवाको आक्रमणबाट १२ वर्षीया सोनिया घाइते

by समतल अनलाइन

तनहुँ । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट आज एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामी रहेकी छन् ।

छिमेकीको घरबाट फर्कदै गरेकी अछामीलाई चितुवाले आक्रमण गरेको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

घाँटीमा घाउ भएकी उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमण बढेसँगै स्थानीयवासी त्रसित छन् ।

चितुवाको आक्रमणबाट भानु नगरपालिका–१, २, ३ र ४ नं वडामा अहिलेसम्म पाँच बालबालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

 
 
  
 

You may also like