कोरोना बढेपछि चीनको जिलिन प्रान्तमा कडा प्रतिबन्ध, घर बाहिर निस्कन नपाइने

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा पारिएको छ । त्यहाँका नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न भनिएको छ ।

ठूलो संख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

जिलिन प्रन्तको चाङ्गचुङ्ग सहरका बासिन्दालाई पहिला खाद्यान्न लगायतका सरसामान खरिदका लागि नजिकैको पसलमा जान अनुमति दिइएको थियो । तर, अहिले सबै यो सुविधा हटाइएको छ । करिब ९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनिएको बीबीसीले जनाएको छ ।

 
 
  
 

You may also like