वार्ता असफल भए तेस्रो विश्वयुद्ध निम्तिन्छ : जेलेन्स्की

७ चैत्र २०७८, सोमबार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिले गरिरहेको आक्रमण रोक्नको लागि हुने वार्ता असफल भए त्यसले तेस्रो विश्वयुद्ध निम्त्याउने बताएका छन् ।

आइतबार सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू युद्ध रोक्न प्रत्यक्षरुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको लागि तयार रहेको उल्लेख गरेका छन् । उनले युद्ध रोक्न वार्तामात्र एक उपाय रहेको पनि उल्लेख गरेका छन् ।

‘मलाई वार्ता सम्भव बनाउन हामी जुनसुकै फरम्याट वा उपायको प्रयोग गर्नुपर्छ भन्ने लाग्छ’, उनले भने । यद्यपि रुस समर्थित विद्रोही रहेका क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने शर्तमा भने कुनै पनि सम्झौता नहुने जेलेन्स्कीले बताए ।

जेलेन्स्कीले युक्रेन नेटोको सदस्य बनिसकेको भए यो युद्ध सुरु नहुने बताए । ‘नेटोले हामीलाई आफ्नो गठबन्धनमा देख्न चाहन्छ भने तत्कालै आफ्नो काम शुरु गरोस्’, उनले भने, ‘किनकी अहिले दिनानु दिन मनिसहरु मरिरहेका छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया