अफगानिस्तानमा तालिबानले छात्रालाई पनि विद्यालय जान दिने

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निणर्य गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निणर्यको सर्वत्र आलोचना भएको थियो ।

उनीहरुले महिलालाई रोजगारी समेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निणर्य फिर्ता लिइएको बताएका छन् । आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिवान सरकारको निणर्यप्रति संयुक्त राष्ट्रसंघले धन्यवाद ज्ञापन गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निणर्यको स्वागत गरेका छन् । अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निणर्य सुनेर आफू हर्षित भएको उनले बताएका छन् ।

तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निणर्य कार्यान्वन गर्ने अधिकारीले जनाएका छन् । तालिवान सरकारको यस निणर्यलाई महासचिव गुटेरेसले ‘महत्वपूर्ण र स्वागतयोग्य’ रहेको उल्लेख गरेका छन् ।

छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरुको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उनले अपेक्षा व्यक्त गरेका छन् । बालिकालाई पढ्न दिने तालिबान सरकारको निणर्यको अन्य अन्तर्राष्ट्रिय निकाय तथा मानव अधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन् । रासस/एएनआई

 
 
  
 

You may also like