६ वटा महानगरपालिकामा तालमेलको तयारी

काठमाडौं । काठमाडौं, चैत ४ (नागरिक)नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ । कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निणर्य लिन यही चैत ११ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

काठमाडौं, ललितपुरलगायतका ६ वटा महानगरपालिकामा गठबन्धन दलहरूबीच भागबण्डा गर्ने र बाँकी स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा निणर्य गर्नेगरी पार्टीका तल्लो तहलाई नै अधिकार प्रत्यायोजन गर्ने तयारी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताको रहेको स्रोतको दाबी छ ।

स्थानीय तह निर्वाचनमा महानगरपालिकासहित मुख्यमुख्य ठाउँमा चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘महानगरपालिकामा भागबण्डा गर्ने र अन्य स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर अघि बढ्ने निणर्य बैठकले गर्नेछ ।’ नागरिक दैनिकबाट

 
 
  
 

You may also like