नेकपा एमाले गुल्मी चन्द्रकोट – रुपन्देही सम्पर्क मन्चको अध्यक्षमा अर्याल निर्वाचित

बुटवल । नेकपा एमाले गुल्मी चन्द्रकोट -रुपन्देही सम्पर्क मन्चको अध्यक्षमा युवा नेता चिरन अर्याल निर्वाचित भएका छन ।

मन्चको आज पुस्पलालस्मृती भवन सुख्खानगर बसेको भेलाले अर्यालको नेतृत्वमा ५१ सदस्यीय कमिति गठन गरेको हो।

त्यसैगरी उपाध्यक्ष शोभित श्रेष्ठ-डिलाराम गौतम, सचिव उज्वल भण्डारी , उप-सचिव शंकर अर्याल-शुरेस थापा, कोषाध्यक्षमा नरेस खत्री, सह-कोषाध्यक्ष श्याम दगामि निर्विरोध निर्वाचित हुनु भएकोछ ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवाली हुनुहुन्थ्यो । कार्यक्रम गिरिराज सर्माको अध्यक्षता तथा चिरन अर्यालको सच्चालनमा भएको थियो ।

 
 
  
 

You may also like