अग्रहरी एकीकृत संघ नेपालको प्रथम सम्मेलन सम्पन्न

तिलोत्तमा।फागुन २८ गते २०७८।अग्रहरी एकीकृत संघ नेपालको प्रथम सम्मेलन कपिलबस्तुमा सम्पन्न भएको छ। देशभरि छरिएर रहेका अग्रहरी बन्धुहरुको छाता संगठनको रुपमा समाजको पहिचान स्थापित गर्ने उदेश्यले सम्पन्न सम्मेलनले तिनाऊ हस्पिटल प्रालिका बरिष्ठ डाक्टर योगेन्द्र अग्रहरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यहरुमा रबिन्द्र अग्रहरी रुपन्देही , लबकुश अग्रहरी कपिलबस्तु,ओमप्रकाश अग्रहरी नवलपरासी, पंकज अग्रहरी कपिलबस्तु कृष्णनगर लगायतका देशभरि छरिएर रहेका अग्रहरी बन्धुहरु रहेका छन्।

संघले आज कपिलबस्तुमा सम्पन्न गरेको सम्मेलनमा अग्रहरी ज्येष्ठ नागरिक ६८ बर्षीय आदित्य अग्रहरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। सम्मेलनमा देशभरबाट १०० बढी अग्रहरी समाजका विभिन्न पेशागत ब्यतित्वहरु इन्जिनियर, डाक्टर, राजनीतिज्ञ, शिक्षक, ब्यबसायी , उद्योगि लगायतको बुद्दिजिवि बर्गहरुको समेत उपस्थिति रहेको थियो। संघको आज सम्पन्न सम्मेलनले विभिन्न पेशामा रहेर कार्यगर्दै आइरहेका स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रका व्यक्ति तथा संस्था, उद्योग, ब्यबसाय क्षेत्रको समग्र बिकाश गर्दै लैजाने उदेश्यका साथ् अघि बढेको संघका नव निर्बाचित अध्यक्ष बरिष्ठ डाक्टर योगेन्द्र अग्रहरीले जानकारी दिनुभयो। संघले आगामी दिनमा तिब्रताका साथमा संघको कार्यक्रमलाई अघि बढाउने समेत निर्णय गरेको छ। सम्मेलन कार्यक्रमको संचालन चन्द्रिका अग्रहरीले गर्नुभएको थियो।

 
 
  
 

You may also like