भारतमा एकै दिन ९० हजार ९ सय बढीमा कोरोना संक्रमण, ३२५ जनाको मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ ।

यसअघि मंगलबार भारतमा ५८ हजार ९७ जनामा कोरोना भएको थियो । अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजार भन्दा धेरै जनामा थपिएका हुन् । एक दिनमा १९,२०६ जना संक्रमणमुक्त भएका हुन् । भारतमा पोजिटिभिटी दर ६.४३ रहेको छ भने सक्रिय संक्रमितको दर २ लाख ५८ हजार भन्दा धेरै भएको छ ।

 
 
  
 

You may also like