पाल्पाकी नर्मदा ज्ञवाली अब घाटबाट घर फर्केने छैनन्

पाल्पाः घाटमा पुर्याएर पनि उपचारका लागि अस्पतालमा फर्काइएकी एक महिलाको बिहिबार मृत्यु भएको छ ।

पाल्पाको रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार मृत्यु भएको हो ।

उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते अस्पताल भर्ना भई उपचार भइरहेको ज्ञवालीको १० दिनपछि आज बिहान ८ बजे मृत्यु भएको हो।

यसअघि झाडापखालाबाट सिकिस्त भएपछि नर्मताको तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा १२ दिनसम्म उपचार भएको थियो ।

निको हुनुको साटो रोगले झन् च्याप्दै गएपछि आफन्तले माया मारेरै ६ गते सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडि घाट पुर्याएका थिए ।
कालीनदीमा अर्धजल चढाएका थिए खुट्टाको औला गण्डकी नदीमा डुबाएपछि नर्मताको होस आएको भन्दै उनका आफन्तले उपचारका लागि पुनः अस्पताल पुर्याएका थिए ।

 
 
  
 

You may also like