पृथ्वीभन्दा ३७० प्रकाशवर्ष टाढा जन्मिँदै छ नयाँ ग्रह

काठमाडौं । पृथ्वीभन्दा करीब ३७० प्रकाश वर्ष टाढा एक ग्रहको वरिपरि एक गोलाकार देखा परेको छ । यो उपग्रह जन्मिने प्रक्रिया हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ ।

स्टार सिस्टम पीडीएस ७० मा रहेको एक ठूलो ग्रहको चारैतिर एक धुलौटे गोलाकारको आकृति बनेको छ । यो तस्वीर चिलीको अल्मा अब्जर्भेटरीले जारी गरेको हो ।

डेली मेलको एक प्रतिवेदन अनुसार वैज्ञानिकहरुले पीडीएस ७० को कक्षको वरिपरि पीडीएस ७०सी र पीडीएस ७० बी तथा दुई नयाँ विकसित भइरहेका ग्रहहरु घुमिरहेका छन् ।

त्यस्तै, उनीहरुले धूलोले भरिएको डिस्क पनि देखे । उक्त डिस्क सर्कमप्लानेटरी डिस्कको रुपमा परिचित छ ।

वैज्ञानिकहरुको लागि यो घटना पूर्णतया नौलो भने होइन । अन्य उपग्रहको विकासको क्रममा पनि धूलोको यस्तै डिस्क देखिएको थियो ।

टेक्सासको राइस युनिभर्सिटीकी अन्तरिक्ष वैज्ञानिक एन्ड्रिया इसेलाले भनिन्, ‘बृहस्पति तथा यसका अन्य उपग्रह, हाम्रो सौर्य मण्डलको एक सानो ग्रहसम्बन्धी प्रणालीमात्रै हो । बृहस्पतिको उपग्रह सर्कमप्लानेटरी डिस्कले बनेको मानिन्छ । जब बृहस्पतिको विकासक्रम शुरू भयो, त्यस बेला पनि यस्तै डिस्क बनेको थियो ।

हाल सरकमप्लानेटरी डिस्कको लक्षणमात्रै देखिएको इसेलाको भनाइ छ । यसले ग्रहको विकासको वर्तमान सिद्धान्तलाई समर्थन गर्नेमा उनले जोड दिएकी छन् । एजेन्सी

सम्बन्धित समाचार
पर्यटनमन्त्री भट्टराईद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भट्टराईलाई मन्त्री

 
 
  
 

You may also like