माधव–झलनाथको पार्टी बनाउन हाम्रो पनि मेहनत परेको छ : प्रचण्ड

by समतल अनलाइन

काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि सहयोग रहेको बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सो पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिए ।
‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ उनले भने, ‘तपाईंहरु पनि ‘.ती साथीहरुसँग सहज ढंगले सहकार्य बढाउनु होला ।

प्रचण्डले विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने दावी गरे । ‘बडो दया लाग्छ ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन’ उनले भने ।

प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनबिक्रम सिंहको पार्टीसँग सहकार्य गर्न पनि काभ्रेका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘किरणजी विप्लवजी, मोहनबिक्रम सिंह, बाबुरामजीको पार्टीसँग हार्दिकतापूर्वक अन्तरक्रिया बढाएर लैजानु होला । हामीले केन्द्रमा बढाइरहेका छौं’ उनले भने ।

 
 
  
 

You may also like