१,३२४ ले जिते कोरोना, १,२३९ नयाँ थपिए, १३ को मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पिअिसार परीक्षण गर्दा ९४१ र ३,६४१ जनाको एन्टीजेन परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,३२४ जना संक्रमित उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा १३ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १९ हजार ४३७ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा १,३०६ संक्रमित छन् भने ३४० जना आइसियुमा र १११ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २४६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ३८ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 
 
  
 

You may also like