जापानले दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सी ल्याइने

by समतल अनलाइन

काठमाडौं। जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सोमवारसम्ममा काठमाडौं आइपुग्ने भएको छ ।

१६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सीसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । यस्तै अस्ती बुधवार र बिहीवार गरी चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको उनले जानकारी दिएका छन् ।

नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो । अहिलेसम्म कोभिशिल्ड २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० अस्ट्राजेनेका गरि १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

काठमाडौंमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ । यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ । काठमाडौंमा यो अभियान भोलिसम्म चल्ने छ । देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like