देशभर बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं। आज (शनिबार) पनि देशभर मौसम बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् ।
अहिले प्रदेश–१, वागमती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार दिउँसोपछि प्रदेश–१, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक -दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताइन् । अबको केही दिनको मौसम यस्तै रहने पनि उनले जानकारी दिइन् ।

धेरै वा लगातार पानी नपरे पहिला परेको पानीले जमिन गलेको हुन सक्ने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले भिरालो जमिन र नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 
 
  
 

You may also like