३,८९९ संक्रमित थपिए, १,७१८ निको, २० जनाको मृत्यु

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ कोरोना भाइरसका संक्रमित थपिएका छन् । १७ हजार ५१८ को परीक्षण गदा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

यो अवधिमा १,७१८ निको भएका छन् । आज २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९,५७८ पुगेको छ । आज काठमाडौं उपत्यकामा ७७४ जना संक्रमित फेला परेका छन् । जसमा काठमाडौं ४७५, ललितपुर १६७ र भक्तपुर १३२ रहेका छन् ।

 

 
 
  
 

You may also like