रुपन्देहीमा थपिए ३६ जना कोरोना संक्रमित

बुटवल । रुपन्देहीमा थप ३६ जना कोरोना संक्रमण पुष्टि भएको छ।३३४ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १५ , तिलोत्तमा नगरपालिकाका ११, देबदह नगरपालिकका ३ , शुद्दोधन गाउँपालिकामा १ , सैनामैना नगरपालिका , ओमसटिया गाउँपालिकामा र कन्चन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा मृत्युु हुनेको संख्या शून्य रहेको छ। हालसम्म जिल्लामा ५१३ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ रहेको छन्।माथिको हेडलाइन रुपन्देहीमा थपिए ३६ जना कोरोना संक्रमित हुनुपर्नेमा अन्यथा भएको कारणले उक्त संख्या सम्पादन गरिएको छ । 

 
 
  
 

You may also like