हिन्दू धर्मका अनुसार तुलसीको बोटले दिन्छ संकटबारे जानकारी !

तुलसीलाई हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको छ । पछिल्लो समयमा वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पु-याउने बताएका छन् । तुलसीले सवैभन्दा धेरै अक्सीजन फाल्ने हुनाले समेत घरमा तुलसी हुनु फाइदाको लागि हुन्छ ।

हिन्दू धर्मका अनुसार तुलसीले घरको अवस्था बारेसमेत जानकारी दिने छ । तपाईको घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सवैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ । तुलसीको बोटमा आएको परिवर्तनले तपाईको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आउने नआउने विषयबारे जानकारी हुनसक्छ ।

पुराणहरुमा तुलसीको निकै महत्व रहेको जनाइएको छ ।पुरुण तथा शास्त्रका अनुसार जुन घरमा समस्या उत्पन्न हुनेवाला छ त्यस घरमा सवैभन्दा पहिला लक्ष्मी अर्थात तुलसी ओइलाउने छ, वा उग्लनेछ । त्यस्तै तुलसीमा कालो दागाहरु देखा पर्दासमेत पारिवारिक संकट आउने संकत हुने जनाइन्छ । दरिद्रता, अशान्तिर तथा क्लेशका बीच लक्ष्मीको वास हुन्छ । ज्यातिषी अनुसार यसको कारण बुध रहेको जनाइएको छ ।

बुधको प्रभाव हरियो रंगमा हुन्छ र बुधलाई रुख विरुवाको कारक ग्रह मानिएको छ । बुध यस्तो ग्रह हो जसमाथि अन्य ग्रहको नराम्रो प्रभाव पर्दछ । यदी कुनै ग्रहले अशुभ फल दिन्छ भने त्यसको अशुभ प्रभाव बुधको कारक वस्तुहरुमा पर्ने छ ।

यदी कुनै ग्रहले शुभ फल दिन्छ भने त्यसको शुभ प्रभाव तुली तथा हरिया रुख विरुवा बढ्दै जान्छन् भने बुधको प्रभावमा फल फूलमा पात तथा फल लाग्न जान्छ ।एजेन्सी

 
 
  
 

You may also like