सडक डिभाईडरमा रोटरी डाउनटाउनले गर्यो वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले क्लबको वार्षिक कार्यक्रम अन्तरगत सोमबार मिलन चोक देखि पश्चिमाञ्चल फाईनान्सको भवनसम्मको डिभाईडरमा वृक्षारोपण गरेको छ । बुटवल उपमहानगरलाई हरियाली र सौन्दर्यकरण गराउने लक्ष्यसहित सडक डिभाईडरमा वृक्षारोपण गरिएको हो ।

क्लबका लागि वर्ष २०२१÷०२२ का एजी डा. नारायण पन्थले सडक डिभाईडरमा वेगममाली फुलको बिरुवा रोप्दै उद्घाटन गरेका छन । उनले वृक्षारोपणसगै यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए । क्लबका अध्यक्ष जबिन कक्षपतिले नगर सौन्दयीकरणको काममा सरकारसंग सहकार्य अघि बढाएको बताए । सडक बिस्तारको काम नसकिदा नगर सौन्दयीकरणमा ढिलाई भैरहेको उनले दुखेसो गरे । मिलन चोक क्षेत्रको सडक डिभाईडरमा ३५ वटा बिरुवा रोपिएको कार्यक्रम संयोजक शंकर ज्ञवालीले बताए । यसैगरि क्लबको आम्दा अस्पताल परिसरमा रहेको बगैचामा स्वामीको १५ वटा बिरुवा रोपिएको उनले बताए ।

कार्यक्रममा सहसयोजक डिआर भण्डारी, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, इलेक्ट प्रेसिडेन्ट भरत राना, कोषाध्यक्ष भानु केसी, सचिव बाबुराम बन्जाडे लगायतले वृक्षारोपण गरेका थिए ।

 
 
  
 

You may also like