भारतमा थप ३८ हजार संक्रमित, ५६० संक्रमितको मृत्यु

काठमाडौँ ।भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ११२ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १० लाख ६३ हजार ९८७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३० हजार ६८१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ५६० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १३ हजार १२३ पुगेको छ ।

 
 
  
 

You may also like