रेनाेल्ड बुटवलले गर्याे अाफ्नाे पहिलाे किङ्गर एसयुभी विक्री

बुटवल। रेनाेल्ड बुटवलले अाफ्नाे पहिलाे SUV बिक्री गरेकाे छ ।दिनेश श्रेष्ठ द्धारा भित्रिएको नेपालकै सबैभन्दा सस्तो SUV सबैलाई सहज हुने रेटमा भित्र्याएको जानकारी दिनुभाे ।पहिलाे गाडि बुटवलमा यसका मेनेजर कृष्ण खड्काले डेलिभरि गर्नुभएको छ ।

रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । रेनो काइगर १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ।

यसलाई नर्मल, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ । रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ । त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका फिचर पनि पाउन सकिन्छ ।

६ कलर अप्सनमा उपलब्ध हुने रेनो काइगरको मूल्य २८ लाख ४९ हजार देखि ३७ लाख ६९ हजार रुपैयाँ सम्म तोकिएको छ ।

 
 
  
 

You may also like