दाङमा १० जना जुवाडे पक्राउ

दाङ । दाङको घोरोही उपमहानगरपालिकाबाका प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ घोराही उपमहानगरपालिकामा जुवातास खेल्दै गरेका १० जना जुवाडे पक्राउ परेका हुन् ।

घोराही उपमहानगरपालिका –१३ को डुमरगाउँस्थित गनबहादुर घर्घीको घरमा जुवातास खेलिरहेको छन् भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले १ लाख २२ हजार ५१० नगद र ६ गड्डी ताससहित १० जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय कमान पुन , ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन , ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा , घोराही –१५ का २२ वर्षीय निमबहादुर रोका, घोराही –१४ का २६ वर्षीय त्रिपन बुढा, घोराही–१५ का ३३ वर्षीय ढोका घर्ती, वडा नम्वर १२ का ४० वर्षीय तेजलाल पनु र वडा नम्वर–१३ बस्ने ६८ वर्षीय गणबहादुर घर्ती रहेका छन् । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like