१,५३५ ले जिते कोरोना, १,८३१ नयाँ थपिए, २० जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १,५३३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित पुष्टि भएका छन् भने तीमध्ये ६ लाख १९ हजार ८९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १,८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ९,२१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,८३३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५,५३५ जना पिअिसार परीक्षण गर्दा १,२३७ र ३,६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमित पत्ता लाग्ने दर २२.३ प्रतिशत छ । अर्थात नेपालमा ५ जनाको परीक्षण गर्दा एक जना संक्रमित पुष्टि भइरहेका छन् । पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २३ हजार ४७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७०२ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५५३ जना आइसियुमा र १७५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like