सञ्चार विधेयक पुनर्लेखनको माग राख्दै प्रदेशसभा अगाडी पत्रकारहरुको धर्ना

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पत्रकार र जिल्लाका पत्रकारहरुले प्रदेश सभा सचिवालयगेट अगाडी धर्ना दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेश सभामा दर्ता गरिएको निरंकुश सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको लागि दबाबमूलक धर्ना कार्यक्रम’ लेखिएको ब्यानर सहित धर्ना दिएका हुन । धर्नामा सहभागीहरूले मिडिया विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता जिन्दाबाद, निरंकुश सञ्चार विधेयक फिर्ता गर लगायतका प्लेकार्ड प्रस्तुत गरेका थिए ।

मिडिया एवं पत्रकारहरूलाई प्रवर्द्घन गर्नेभन्दा पनि बाँध्ने तरिकाले प्रदेश सरकारले विधेयक प्रदेश सरकारले सभामा पेस गरेकोले फिर्ता नल्याउँदा सम्म आफूहरूको आन्दोलन नरोकिने पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले बताए। महासचिव बिक्रम खड्काले प्रदेशसभामा गइसकेको विधेयकले मिडिया एवं पत्रकारहरूलाई बाँध्ने खालले आएकोले प्रेस स्वतन्त्रताको अधिकार कायम हुनेगरि पुनर्लेखन गर्नुपर्ने बताउँछन्।

धर्ना कार्यक्रममा प्रदेश पत्रकार महासंघ अध्यक्ष गिरी, महासचिव खड्का, कोषाध्यक्ष यमनाथ घिमिरे, प्रदेश समिति सदस्य भुवन कार्की र टेक मास्की, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भवानी पाण्डे, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोख्रेल, नेपाल प्रेस युनियन रूपन्देही सभापति रेखा भुसाल, बरिष्ठ पत्रकार विष्णु भुसाल, एव पत्रकार महासंघ रूपन्देहीका कार्यसमिति सदस्यहरू तथा अन्य पत्रकारहरूको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like