खोपका लागि अब तड्पिनु पर्दैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब खोपबाट नेपाली तड्पिनु नपर्ने बताएका छन् । वीर अस्पतालको नव निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘हामीले २०२१ सम्म सबै नेपालीलाई खोप लगाइसक्ने तयारी गरेका छौं’, ओलीले भने, ‘केही बाँकी रह्यो भने पनि केही समय लाग्ला तर अब खोपको अभावबाट तड्पिन पर्दैन । केही समय कस्तो भयो भने यता खोज्यो नपाइने, उता खोज्यो नपाइने अवस्था थियो । अब नपाइने भन्ने हुँदैन । अब लगातार भ्याक्सिन आउँछ ।’

 

 
 
  
 

You may also like