सर्पको डसाइबाट लगातार एकै गाउँका तीन जनाको मृत्यु

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।

राति सर्पले डसेको भए पनि अभिभावकले बिहान मात्रै जानकारी पाएका थिए । समयमै उपचार नपाएर भुजेलको मृत्यु गएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

शनिबार बिहान ५ बजेको समयमा बालिकालाई अस्पताल लगिएको भए पनि बचाउन नसकिएको इलाका प्रहरी कार्यलय गैडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् । भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए ।

 
 
  
 

You may also like