भैरहवा ग्लास हाउसमा लागेको आगो नियन्त्रणमा

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा भएको आगलागि नियन्त्रणमा आएको छ । आगलागि नियन्त्रणमा आए पनि आगो भने पूर्ण रुपमा निभेको छैन । शनिबार राती करिब ९ बजेदेखि आगो लागेको थियो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहका दमकल, नवलपरासीको बर्दघाट नगरपालिका, नेपाल आयल निगम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दमकल, प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीय आगलागि नियन्त्रणका लागि प्रयास गरेका थिए ।

रातभर नियन्त्रणमा आउन नसकेको आगो आइतबार ९आज० बिहान ५ बजे नियन्त्रणमा आए पनि अहिले आगो निभाउने कार्य भइरहेको छ । भैरहवामा वर्षा समेत भइरहेको र दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको स्थानीय तथा पत्रकार शंकर पाण्डेले जानकारी दिए ।

प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगलागि हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । आगलागिबाट दुईतल्ले घरमा क्षति भएको छ । माथिल्लो तल्लामा पसलधनीको परिवार बस्दै आएकोमा उनीहरुको सकुशल उद्दार गरिएको थियो, जसले गर्दा मानवीय क्षति हुन पाएन । तर, घरमा रहेको नगद, मोटरसाइकल भने जलेर नष्ट भएको सुन्दर ग्लास हाउसका सञ्चालक सुन्दर अग्रहरीले जानकारी दिए ।

 
 
  
 

You may also like