उठ्ने बित्तिकै पानी पिउँदा हुने ५ फाइदा थाहा पाउनुहोस्

बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ ? सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ ? अरु धेरै पर्दैन नियमित खाली पेटमा एक गिलास पानी पिउनुभयो भने तपाईलाई निरोगी बनाउन ठूलो सहयोग मिल्नेछ ।
नियमित खाली पेटमा पानी पिउँदा हुने पाइदा थाहा पाउनुहोस्

बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुन्छ । रगत सफा हुन्छ । र छालासमेत स्वस्थ भई चमक आउँछ ।
बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ। शरीरका मांसपेशीसमेत बलियो हुन्छ ।
खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् ।
बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।

 
 
  
 

You may also like