पर्यटन मन्त्री भट्टराईलाई प्रधानमन्त्री ओलीले बधाई दिए

सचिवदेखि पियनसम्मको सल्लाह लिएर काम गर्ने उद्घोष

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथपछि बधाई तथा शुुभकामना दिएका हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यसैबीच, नवनियुक्त मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको प्रतिक्रिया दिएका छन् ।

सपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्सीमा बस्न आइपुगेको बताउँदै अग्रजसँग राय सल्लाह लिएर अघि बढ्ने उल्लेख गरे ।

आफू निश्चित योजनाविनै मन्त्रालयमा आएको भन्दै सचिवदेखि पियनसम्म सबैको सल्लाह लिएर काम गर्ने उद्घोष गरे ।
मन्त्री हुने कुरा १ बजेमात्रै थाहा पाए ।

मन्त्री भट्टराईले आफू मन्त्री हुने कुरा आज दिउँसो मात्रै थाहा पाएको बताए । प्रधानमन्त्रीले १ बजे बोलाएर प्रस्ताव गरे उनले जानकारी दिए ।

 
 
  
 

You may also like