रुपन्देहीमा कोरोना संक्रमणदर बढ्दै , आज थपिए ४७ जना कोरोना संक्रमित

बुटवल ।रुपन्देहीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २०७ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।

रुपन्देहीमा पछिल्लो केहि दिन देखि कोरोना संक्रमण डर बढिरहेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा २३, बुटवल उपमहानगरपालिकामा १३, सैनामैना नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा २ जना, देवदह नगरपालिका, मायादेवी गाउँपालिका र ओमसतिया गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधीमा १ जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ५०३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३८१ रहेको छन्।

 
 
  
 

You may also like