कसरी बढाउने स्मरण शक्ति ?

मानिसले सबै कुरा सम्झन सक्दैन । तर कतिपयमा भने बिर्सने समस्या हुन्छ । जसका कारण उसले धेरैजसो कुरा स्मरण गर्न सक्दैन । यो समस्या उमेर बढ्दै गएपछि बढि हुन्छ ।

सम्झँनै पर्ने वा स्मरणमा राख्नपर्ने कुरालाई पनि बिर्सदा कतिपय अवस्थामा ठुलो तनाव बेहार्नु पर्दछ । जर्मन साइकोलाजिस्ट हर्मन इविन्गहसले स्मरणसँग सम्बन्धित केही यस्ता उपाय बताएका छन्, जसले विश्वव्यापी रुपमा मान्यता पाएको छ ।

किन पढेका कुरा सम्झना हुदैँन ?
सामान्यतयाः मानिसको मस्तिष्कले पढे लगत्तै सबै कुरालाई शतप्रतिशत भण्डारण गर्दछ ।

तर त्यसको एक घण्टा नबित्दै दिमागमा भण्डारण भएका जानकारी ४४ प्रतिशतमा घट्न पुग्छ । परिणाम स्वरुप, पटकपटक स्मरण नगरे ती कुरा मस्तिष्कबाट स्वतः हटेर जान्छ ।

इविङ्गहसका अनुसार कुनै कुरा पढे लगत्तै मस्तिष्कमा शतप्रतिशत भण्डारण हुन्छ । तर २० मिनेटपछि ६० प्रतिशतमा झर्दछ । यस्तै एक घण्टामा ४० प्रतिशत, एक दिनमा ३० प्रतिशत र एक सातामा २० प्रतिशतमा सीमित हुन्छ ।

स्मरण शक्ति कसरी बढाउने ?
१. यदि कुनै पनि कुरा तुरुन्तै सम्झनु परेमा पढे लगत्तै पहिलो पटक दोहोर्‍याउने ।
२. सोहि कुरालाई दोस्रो पटक करिब १५/२० मिनेट पश्चात्त पुनः दोहोर्‍याउने ।
३. पढेको सोहि कुरालाई तेस्रो पटक करिब ६/८ घण्टा पश्चात्त फेरि दोहोर्‍याउने ।
४. र चौथो पटक २४ घण्टा पछि फेरि सोहि कुरा बारम्बार पढेर दोहोर्‍याउने ।

कुनै कुरा पछिसम्म सम्झनु पर्यो भने के गर्ने ?
यदि कुनै कुरा लामो समयसम्म सम्झना रहिरहोस् भन्ने चाहाना छ भने पढे लगत्तै पहिलो पटक त्यसलाई दोहोर्‍याउने ।

त्यपछि करिब २०/३० मिनेट पश्चात्त सोहि कुरा दोस्रो पटक दोहोर्‍याउने । त्यसपछि एक दिन पश्चात्त तेस्रो पटक, २/३ हप्ता पश्चात्त चौथो पटक र २/३ महिना पश्चात्त पाँचौ पटक दोहोर्‍याएमा सम्झन सजिलो हुन्छ ।

कुनै कुरा लामो समयसम्म सम्झना रहिरहोस् भन्ने चाहाना भए पहिले त्यसलाई स्मृतिमा राख्नु पर्दछ । अन्यथा कुनै पनि कुरा जर्बजस्ती सम्झन खोजे यसले नकारात्मक असर गर्दछ । किनभने मस्तिष्कले कुनै पनि कुरा तुरुन्त सम्झन सक्दैन । यसकालागि समय दिन आवश्यक छ ।

 
 
  
 

You may also like