रुपन्देहीमा १०१ जना कोरोनामुक्त,४५ जना कोरोना थपिए

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २९८ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको छ भन १०१ जना निको भएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ७१० पुगेको छ । जसमध्ये २६ हजार ३२२ जना निको भएका छन ।हाल जिल्लामा ९२० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६८ पुगेको छ ।

 
 
  
 

You may also like