मदिरा ब्यबसाय र यसका चुनौतीहरु

नेपाल आफैँमा एक पर्यटकिय अपार संभावना बोकेको मुलुक जहाँ यदि रास्ट्रको ध्यान राम्रोसँग पर्यटनमा जान्छ भने रास्ट्रलाई एक समृद्ध मुलुक बनाउन धेरै कुर्नु पर्दैन । कोरोना माहामारी ले बिश्वनै आक्रान्त भएको बर्तमान परिपेक्षमा पक्कै पनि पर्यटनमा नराम्रो असर गरिरहेको छ, तर पनि सास रहुन्जेल आश छोड्नुहुदैन भनेजस्तै पर्यटन ब्यावशाय राम्रो समयको ब्यग्र प्रतीक्षामा छ। अन्तर्राष्ट्रिय पर्यटन संगै हामी अन्तरास्ट्रिय कल्चर पनि सिक्दै, स्थानिय स्रोतसाधनको प्रयोग गरि स्थानिय कल्चर अन्तरास्ट्रियकरण गर्न सक्छौं र यो सङै घनिष्ट सम्बन्ध रहेको ब्यावशाय हो मदिरा ब्यावशाय जसको पर्यटन संग नङ र मासु को जस्तो सम्बन्ध हुन्छ। अन्तर्राष्ट्रिय जमात तथा नेपाली पुर्खा देखि नै रुचाईएको एउटा पर्यटन छ त्यो हो मदिरा पर्यटन। नेपालमा मदिरा लगभग ८०% होटेल तथा रेस्टुरेन्टहरु साथै इजाजत प्राप्त मदिरा स्टोरहरुमा पाइन्छ। जसबाट लाखौको रोजगारी अडिएको छ, राजस्वको महत्त्वपूर्ण हिस्सा ओगटेको छ र ब्यावशायिक कल्चर को पनि बिकाश भएको छ।
कुनैपनी बस्तु आफैमा नराम्रो हुदैन तर कुनैपनी बस्तु अत्यधिक मात्रामा प्रयोग गरिन्छ भने त्यसले पक्कै पनि नकारात्मक असर त गर्छ नै त्यसैको एउटा ज्वलन्त उदाहरण हो मदिरा। मदिरा सिमित मात्रामा प्रयोग गर्दै गर्दा यसमा औसधिय गुण पनि पाइने विभिन्न बैज्ञानिक अनुसन्धान बाट पनि प्रमाणित भैसकेको छ। मदिरा ब्यावशाय बिशेशगरि राज्यका नितिनियमहरुमा रहेर रास्ट्रलाई धेरै मात्रामा राजस्व संकलन गर्ने माध्यमपनि हो। त्यसैले यसलाई सामान्यरुपमा घरझगडा गर्ने र होहल्ला गर्ने आफ्नै कारणले भविस्य धरापमा पार्ने एकआध घटनाहरु सङ जोडेर कुप्रचार गर्नु हुदैन।
आ.व. २०७८/७९ को लागि नेपाल सरकारद्वारा बर्तमान परिपेक्षमा पुर्ण बजेट आउने अपेक्षा नभएतापनि पुर्ण बजेटले आमरुपमा सकारात्मक सन्देश गएको छ, कतिपय ब्यावशायले केही राहत पनि महशुस गरेको छ तर मदिरा क्षेत्रमा यसले प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव हुने निस्चित छ। तत्कालीन रुपमा हेर्दा मदिरामा औसत २०% को दरले अन्तशुल्क बढाईएको छ जसले प्रत्यक्ष रुपमा राज्यलाई फाईदा जस्तो देखिएतापनी दृघकालिन रुपमा जसले गर्दा मुल्यवृद्धि लाई असर गर्नेछ र राजश्वमा समेत नकारात्मक प्रभाव पार्नेछ। राजस्व बढेसंगै जनतामा क्रयशक्तिको अभाव हुनेछ साथै घरपाला अबैध मदिराको बिक्रि बितरण बढने छ र परिणाम राजस्वमा गिरावट आउने खतरा छ।
हामिले भन्दै आएको बिषय दर होईन दायरा हो त्यसतर्फ राज्य केन्द्रित हुनुपर्ने देखिन्छ तर सदाका बर्षहरुमा जस्तै यसबर्ष पनि राजश्वको दायरा फराकिलो हुन सकेन।
मदिरा संगै अन्तर्राष्ट्रिय पर्यटन पनि जोडिएकोले मदिरा को मूल्य अन्तर्राष्ट्रिय रुपमा पनि दाज्नुपर्ने हुन्छ, उदाहरणको रुपमा मदिराको अन्तशुल्क छिमेकी मुलुक भारत भन्दा पनि नेपालमा अत्यधिक बढी छ, र नेपाल भन्दा भारतमा एउटै ब्रान्डका सोहि मदिराहरु सस्तो पर्न जाने र खुल्ला सिमानाले गर्दा उक्त सामानहरु सिधै नेपाली बजारमा अबैध रुपमा आउनसक्ने भएकाले यसले स्थानिय उद्योग, रोजगारी तथा ब्रान्डहरुलाई कमजोर पार्ने छ र स्वत मदिराबाट आउने राजस्वमा गिरावट आउने देखिन्छ।
मदिरा ब्यावशाय आफैमा पर्यटनसंग प्रत्यक्ष रुपमा जोडिएको ब्यावशाय भएकाले पर्यटन ब्यावशाय राम्रोसँग नमौलाउदासम्म यसको भविस्य पनि खतरामा छ।
हाल मदिरा ब्यावशाय गर्नेहरु प्राय वैदेशिक रोजगारीबाट फर्किएका, आफ्नो खेत वारि बेचेर, ऋण लिएर गरिरहेका नयाँ ब्यावशायिहरु मात्रै देखिन्छन् किनकि पुराना ब्यावशायीहरु धराशायी भइ अन्य ब्यावशायमा स्थानान्तरण हुने क्रम जारी छ। राज्यले अत्यधिक मात्रामा राजस्व संकलन गर्ने यश क्षेत्रमा सन्चालन अनुमती दिदा विशेष रुपमा क्षेत्रगत रुपमा खोल्न सक्ने गरि अनुमती दिन जरुरी छ, अन्याथा बाहिरबाट देख्दा आकर्षक ब्यावशाय तर भित्रीरुपमा समस्या र समस्याकै थलो आफ्नो पुजी समेत गुमाई धराशायी हुने स्थिति रहेको छ।
तसर्थ सरकारले मदिरालाई पनि एउटा पर्यट्नको रुपमा बिकाश गर्दै, नेपाली ब्रान्डहरुलाई अन्तर्राष्ट्रिय बजारिकरण गर्न आवस्यक नितिनियमहरु बनाई स्थानिय बजारलाई पनि जथाभावी रुपमा अन्तशुल्क इजाजत नदिएर अस्वस्थ प्रतिस्पर्धा रोकि, राज्यको अभिन्न अंग ब्यावशायको रुपमा सम्मानित पेशा बनाउनुपर्ने देखिन्छ। (लेखक मदिरा व्यबसायी संघ रुपन्देहीको महासचिव हुनुहुन्छ । )

 
 
  
 

You may also like