डोरितानमा मिनराजको यात्रा : पहिलो पटक दक्षीण एसियाली डोरीतान च्याम्पियनसिपको सपना

बुटवल । मोफसलबाट समेत प्रतिनिधित्व गर्दै बिभिन्न खेल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल ब्यक्तिहरु मध्ये कपिलबस्तुका मिनराज बेल्वासे पनी एक खेलकर्मी हुन । सामाजीक , राजनैतीक क्षेत्रमा समेत क्रियाशील उनी नेपाल डोरीतान सघं लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष एवम कपिलबस्तु जिल्ला अध्यक्ष हुन । कपिलबस्तु जिल्लाको बुद्धभुमि नगरपालीका वडा नम्बर ४ का स्थायी बासिन्दा बेल्वासे र उनको टिमको सक्रियताले नै छोटो समयमा जिल्लामा डोरीतान खेलले निकै उचाइ लिएको छ । पहिलोपटक नेपालमा डोरीतान खेलको दक्षीण एसियाली खेलकुद च्याम्पियनसिप आयोजनाका लागी दौडधुप गरीरहेका उनी सघंमा आबद्ध भएको झन्डै ३ बर्षमात्रै भयो । डोरीतान सघंको समन्वयमा प्रदेश कमिटीले आउदो फागुन ५, ६ र ७ गते लुम्बिनीमा
आयोजना गर्न गइरहेको प्रतीयोगीताबारे हामीले केही जिज्ञासा राखेका छौ ।

१) अहिले देशमा निषेधाज्ञा छ तपाइहरु प्रतीयोगीता आयोजना गर्ने भन्दै हुनुहुन्छ ?
हो, हालको अबस्था कठिन नै छ । तर हामीहरु ७८ सालकै फागुनमा प्रतीयोगीता गर्ने गरी तयारी थालीरहेका छौ । दक्षीण एसियाका ७ राष्ट्रको सहभागीता रहने प्रतीयोगीता नेपालमै पहिलो पटक हुन लागेको हो । यसका लागी धेरै खर्च लाग्ने हुदा हामीले अहिलेदेखी नै तयारी थालीरहेका छौ । प्रदेशका मन्त्रालय स्थानीय तहहरु सग समन्वय गरेर आर्थीक संकलनको अभियानलाइ अगाडी बढाउने प्रयास गरेका छौ ।

२) डोरीतान खेलको अबस्था नेपालमा कस्तो छ ?
हामीले सामान्य डोरीतानको खेललाइ रसी तान्ने खेलका रुपमा मात्रै लिन्छौ तर त्यो सत्य होइन । यसको पनी निश्चित नियम हुन्छ । तौलका आधारमा खेलाइन्छ । यो अतिनै सरल तथा मनोरन्जनात्मक हिसाबले पनी उत्कृष्ट खेल हो । बिश्वका बिभिन्न धनाय्ड राष्ट्रहरुले डोरीतानलाइ बिशेष महत्व दिएको पाइन्छ । अब ओलम्पिकमा पनी समाबेश हुन थालेको यस खेललाइ स्थानीयस्तरबाट नै अगाडी बढाउने हो भने नेपालले अबको एक दशकमा धेरै राम्रो नतिजा ल्याउन सकिन्छ भन्नेमा दुइमत छैन ।

३ ) यस्तो भब्य प्रतीयोगीता आयोजना गर्दै हुनुहुन्छ , प्रतीयोगीताको उदेश्य र अबस्थाका बारेमा पनी बताइदिनुस न ?

कुनै पनी प्रतीयोगीता सन्चालन गर्न त्यती सजिलो भने अबश्य छैन । २५ लाख भन्दा बढी खर्चको अनुमान गरेका छौ । बिश्वका शान्तिदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गर्दै गर्दा यसले एक किसिमको सन्देश अबश्य प्रबाह गर्ने अपेक्षा लिएका छौ । नेपालका खेलाडीहरुलाइ पनी आफ्नै देशमा अन्र्तराष्ट्रिय प्रतीयोगीता खेल्दै गर्दा थप आत्मबिश्वास आउन सक्छ र स्थानीय स्तरका खेलाडी जसले राम्रोसग डोरीतानको अबस्थाका बारेमा बुझेका छैनन तिनीहरुलाइ पनी एक किसिमको फाइदा पुग्ने बिश्वास लिएका छौ ।

४ ) अन्त्यमा डोरीतान सघंको तर्फबाट भन्नुपर्ने केही कुराहरु छन की ?

धन्यबाद । केही हाम्रा सामान्य कुरा आम पाठकसम्म पुर्याउने मौका दिनुभएकोमा । कुनै पनी देशको बिकासको आधार खेलकुद बिकास हुनु पनी हो । त्यसैले नेपाल सरकारलाइ हाम्रो पनी के आग्रह छ भने डोरीतानमात्रै होइन अन्य बिधाका खेललाइ पनी प्राथमिकताका साथमा हेरीयोस । नेपालमा सम्भावना भएका र नतिजा ल्याउन सक्ने खेललाइ पर्याप्त बजेट छुट्याएर प्रमोट गर्नुपर्दछ । हाम्रो आउदै गरेको दक्षीण एसियाली डोरीतान आउटडोर च्याम्पियनसीपलाइ सबैले सहयोग गरिदिनुहुने छ भन्ने बिश्वास लिएको छु ।

 
 
  
 

You may also like