रुपन्देहीमा ६६१ परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण,२०१ जना कोरोना संक्रमण मुक्त

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ६६१ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको भने २०१ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ९५६ पुगेको छ । जसमध्ये २४ हजार ९३८ जना निको भएका छन । हाल जिल्लामा १ हजार ५७२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४४४ पुगेको छ ।

 
 
  
 

You may also like