कोरोना निर्मुलका लागि जनताको टोलटोलमा सजेतना जगाउदै जनप्रतिनिधि

अनिता क्षेत्री
अर्घाखाँची । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिम फैलिरहेका बेला जनप्रतिनिधि र स्वस्थ्यकर्मीको  भुमिका अहम हुने गर्छ । जिवनको रक्षाका लागि अहोरात्र खट्ने स्वास्थ्यकर्मी र सबै भन्दा नजिकको सरकारका जनप्रतिनिधि नागरिकको जीवन रक्षाका लागि परेका छन् । विशेष गरि कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका जनप्रतिनिधि सक्रियता पुर्वक लागिरहेका छन् ।

सोहि क्रममा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ मा घरघरमा गई सचेतना अभियान सञ्चालन गरिएको छ । वडामा सञ्चालन गरिएको निःशुल्क पिसिआरका क्रममा २९ जना मध्ये ५ जनामा कोरोना संक्रमण देखिए पछि रोकथाम र नियन्त्रणका लागि वडा कार्यालय सक्रिय बनेको वडाध्यक्ष दुर्गा बहादुर विसिले जानकारी दिए । वडाध्यक्ष दुर्गा बहादुर विसिको नेतृत्वमा जनप्रतिनिधिहरु, सिमलपानी स्वास्थ्य चौकी प्रमुख रामु खनाल लगायतको टिम स्थानीयको घरघरमा गएर सचेत गराएको हो ।

कोरोनाबाट बच्नका लागि अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कने, निस्कनै परे मास्कको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, स्यानीटाईजरको प्रयोग गर्ने वा मिचिमिची साबुन पानीले हात धुने जस्ता स्वास्थय मापदण्डहरुको बारेमा स्थानीयहरुलाई सचेत बनाईरहेको बताईएको छ । सोहि क्रममा आज वडाको पारे टोलमा सचेतना अभियान सञ्चालन गरिएको हो ।

वडाध्यक्ष विसिले आफ्नो घरायसी कामलाई निरन्तरता दिंदै कोरोनाबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन सम्पुर्ण वडावासीलाई आग्रह गरेका छन् । उनले भौतिक विकास निर्माणले मात्र वडा संमृद्ध नहुने भन्दै वडावासीको जीवन रक्षा गर्नु जनप्रतिनिधिको दायित्व भएकाले आफु त्यस तर्फ लागिरहेको बताए । उनले कोरोनाको महामारीको बेलामा पनि सुरक्षाका उपाय अपनाउदै घर टोलमा पनि सुरक्षीत रहन र त्यस्ता कुनै लक्ष्ण देखिएमा लुकाएर घर र टोल समाजलाई नै समस्या आउने गरि सबैलाई जोखिममा पार्नु भन्दा आफुसंगै समाजलाई पनि सुरक्षित राख्न अनुरोध पनि गरेका छन् । त्यस्तै कोभिडका कारण वडावासीको अत्यावश्यक काम नरोकिने भन्दै अत्यावश्यक काम भएमा सम्पुर्णलाई वडा कार्यालयमा सम्पर्क गर्न आनन्दलाल कर्णले अनुरोध गरे ।

त्यस्तै वडामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देउराली देखि मुसवान सम्मको बाटोको पुन निर्माणको काम गरिरहेका ३७ जनामध्ये १ दिनमा ५÷५ जनाको समुह मार्फत सञ्चालन निर्माण कार्य सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

 

 
 
  
 

You may also like