गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले रु.१ मा ओ.पि.डी.टिकट, ईसिजी र सुगर परिक्षण गर्ने

by समतल अनलाइन

बुटवल। विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले असोज ११,१२ र १३ गते तिनदिन सम्म रु.१ मा ओ.पि.डी. टिकट, ईसिजी र सुगर परिक्षण गर्ने भएको छ । यहि असोज १२ गते विश्व मुटु दिवस मनाईदै छ । अस्पतालका अध्यक्ष एजाज आलमले दिवसको अवसरमा जनमानसमा स्वास्थ्य परिक्षण गर्ने क्रम बढ्ने बताए । विरामी नपर्दा सम्म स्वास्थ्य परिक्षण गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिने प्रचलन अत्यन्त न्यून रहेकोले यस्ता अभियानले समयमा समयमा स्वास्थ्य परिक्षण गर्ने बानीको विकास हुने बताए ।

त्यस्तै अस्पतालले तिन दिन सम्म फुलबडी चेकअपको शुल्कमा पनि २५ प्रतिशत छुट उपलब्ध गराएको जनाएको छ । दिवसको अवसरमा अस्पतालले हरेक वर्ष स्वास्थ्य परिक्षणमा छुट उपलब्ध गराउंदै आएको छ । यस्तै अस्पतालले आईतवार विहान ८ बजेर ७ मिनेटमा प्रभातफेरी निकाल्ने जनाएको छ । बुटवल रामनगरस्थीत अस्पताल परिसरबाट निकालिने प्रभातफेरी ट्राफिकचोक पुगी समापन हुने छ ।

 
 
  
 

You may also like