आइतबारदेखि काठमाडौं उपत्यकामा ठूला मालबाहक सवारी प्रवेशमा निषेध

by समतल अनलाइन

काठमाडौं-दशैं अवधिभर काठमाडौं उपत्यकामा १० चक्के तथा त्यो भन्दा माथिको सवारीसाधन प्रवेश निषेध गरिएको छ ।यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १२ गतेदेखि १८ गतेसम्म १० चक्के सवारी अर्थात् ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो । विभागले दशैँमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ ।

त्यस्ता सवारी साधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ । अति आवश्यक खाद्यसामग्री, कपडा, औषधि, तरकारी लगायतका सामग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन् । दशैँ, तिहार र छठका लागि उपत्यकाबाट झण्डै २५ लाखको हाराहारीमा मानिसहरु बाहिरिने गर्दछन् ।

 
 
  
 

You may also like