अमेरिकामा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौ। अमेरिकामा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन् ।

ओहायोको योङ्सटाउनमा गोली चलेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

घाइतेलाई उपचारको लागि सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ ।

योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएन् घटनामा तीन जनाको मृत्यु भएको जनाएको हो । एउटा बारमा गोली चलेको अधिकारीहरुले जनाएका छन् ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्ति वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान अघि बढाएको छ । एजेन्सी

 
 
  
 

You may also like