रुपन्देहीमा ५३१ निको , १६७ जना संक्रमित , २ जनाको मृत्यु

बुटवल ।रुपन्देहीमा पछिल्लो २४ घन्टामा ६४० जना परीक्षण गर्दा १६७ जनामा कोरोना संक्रमण उष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २४ घन्टामा २ जनाको मृत्यु भएको छ।

जिल्ल्ला स्वास्थ्य कार्यालयका अनुसारबुटवल उपमहानगरमा सबैभन्दा धेरै ४९ जना ,   तिलोत्तमामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा२४ जना, सैनामैना नगरपालिकामा ३१ जना, देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ८४५ पुगेको छ । जसमध्ये १९ हजार २६६ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ५३१ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार १९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ ।

 
 
  
 

You may also like